चलचित्र ‘क्रिमिनल’ बन्ने ।
काठमाडौ । चलचित्र ‘क्रिमिनल’ बन्ने भएको छ । माघी पर्वको अवसर पारेर सोमबार विहान राजधानीमा मुहूर्त गरेसँगै चलचित्र बन्ने भएको हो । नेपाल चलचित्र बिकास बोर्डका सदस्य उत्तम के.सी.को प्रमुख आतिथ्यतामा सोमबार राजधानी एक कार्यक्रमको आयोजना गरि चलचित्रको शुभ मुहूर्त सम्पन्न भएको हो । अर्नभ फिल्मस् प्रोडक्शनको तेस्रो प्रस्तुतीका प्रस्तुतकर्ता अर्नभ बस्नेत, निर्माता सिताराम तिमल्सिना ‘ज्याक’ हुन् भने निर्देशक अमृतमान महर्जन रहेका छन् ।
चलचित्रमा किशोर खतिवडा, अनु पाराजुली, रामचन्द्र अधिकारी, सानिया खान, मोहन के.सी., सुरेन्द्र चापागाईं, उग्रसेन ढुंगाना, शंकर शाह, सम्राटजंग थापा, क्रान्ति जंग बराईली, शान्ति भट्टराई, दिव्य नेपाल लगायतका कलाकारहरुको मुख्य भूमिका रहने छ । चलचित्रले समाजमा घट्ने अपराधिक घट्नाक्रमलाई मुख्य विषयवस्तु बनाएको एक्शन प्रधान चलचित्र रहने निर्माण पक्षको भनार्ईछ ।
माघ १२ गते देखि छायांकन सुरु गरिने ‘क्रिमिनल’को छायांकन पूर्वाञ्चलको विभिन्न स्थानमा गरिने निर्माणपक्षले जनाएको छ । सङ्गीत भरत बस्नेत, द्वन्द्व शंकर महर्जन, नृत्य हरिस खनाल, गौरब गिरी, छायांकन रामेश्वर हुँमगाईंको रहने छ ।