Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

राष्ट्रिय गीतको म्यूजिक भिडियो सार्वजनिक



काठमाडौं, ६ माघ। ‘नँ छ सानु कोही यहाँ नँ छ ठूलो कोही यहाँ ,सबै भन्दा ठूलो गौरव म नेपाली भन्नुमा बोलको अति नै कर्णप्रिय र देशभक्तिले ओतप्रोत भएको राष्ट्रिय गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । उक्त गीतलाई बिजय नारायण मानन्धरले गाउनु भएको छ ।

शव्द रचना शंकर कोइरालाको रहेको छ भने भुपेन्द्र रायमाझीको संगीत रहेको छ । उक्त गीतलाई नेपाली भेषभुषा र संस्कृति झल्काउँदै काठमाडौं,ललितपुर र भक्तपुरका विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको हो । गीतमा चर्चित मोडल एव नायक सुरज प्रजापति,राज तिमल्सिना र रेशु तामाङ लगायतको अभिनय रहेको छ । विशेष भूमिकामा रत्न तारा मानन्धर हुनुहुन्छ ।



आफूले विभिन्न किसिमको म्यूजिक भिडियोमा थुप्रै अभिनय गरेको तर देशभक्तिले भरिएको राष्ट्रिय गीतमा पहिलो पटक अभिनय गर्न पाउँदा गौरभान्वित भएको नायक एवम मोडल सुरज प्रजापतिले बताउनु भएको छ ।

म्यूजिक भिडियोको निर्देशन प्रदिप सिंह थापाले गरेका छन भने क्यामेरामा सुशान्त प्रजापति रहेका छन् । देशभक्तिले ओतप्रोत भएको गीत लेख्ने र गाउने दुवै राष्ट्रसेवक हुनुहुन्छ । शंकर कोइराला नेपालका पूर्व प्रशासक तथा वर्तमान अर्थ, उद्योग र वाणिज्य तथा आपूर्ति सचिव हुनुहुन्छ भने बिजय नारायण मानन्धर हाल बारा जिल्लाको प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget