
काठमाडौ । करिव दुई दशक अघि माकुरी जालैमा गीतबाट गीत संगीतको यात्रा सुरु गरेकी सुमधुर स्वरकी धनी लोक गायिका सीता थापा जसलाई नेपाली लोक संगीतको क्षेत्रमा काँठे भाकाकी रानी समेत भन्ने गरिन्छ । लामो समयको ग्यापमा भर्खरै १४ बर्ष पछि उनले एकल गीतको एल्वम लिएर आएकी छिन् ।
हालसालै उनले अहिलेको चल्तीका गीत भन्दा भिन्न मौलीक पाराको गीत लिएर आएकी छिन् । उनको ‘दुई रुपियाको बिंडी एक मोहरको सलाई’ भन्ने भाकाको मौलिक गीतलाई युट्युवबाट थुप्रै मानिसहरुले हेरेर तारिफ गरिरहेका छन् । किन यति लामो समय ग्यापमा एल्वम ल्याउनु भयो भन्ने नेपालखवरडेलीको जिज्ञासामा उनले यसमा आफ्नो व्यक्तिगत र पारिवारिक कारण नै प्रमुख रहेको बताइन् ।
उनले पुराना कलाकार पाण्डव सुनुवार, राम थापा हुदै नयाँ कलाकार नवराज घोरासैनी, रेशम थापा, शम्भुजीत बाँस्कोटा, भोजराज काफ्लेसंग चर्चित गीतहरु गाइसकेकी उनलाई शुरुको एल्वम ‘नयाँ बानेश्वर’ बाटै दर्शक स्रोताले मन पराएका थिए । उनका चर्चित गीतहरुमा काठमाडौ सिंहदरबार, खानीखोला, घर हाम्रो रामेछाप, मोरालाई पड्काई दिन्छु सौताको छोरालाई, सिन्धुली वर्देवास, घुम्तीमा पहिरो छ लगायतका छन् ।
धरै पछिको ग्यापमा एल्वम ल्याउँदा गीत संगीतका पारखीबीच लामो समय सम्म छाउन सकोस भनेर मौलिक पाराको ल्याएको उनले बताईन । आर के नेपालको लय र शव्दमा रहेको उक्त गीतलाई सीता थापाले गाएकी छिन भने म्यूजिक भिडियोमा यम गुरुङ र पूजा पाठक लगायत अन्य कलाकारहरुको अभिनय रहेको छ । उक्त गीतको म्यूजिक भिडयोको निर्देशन यम गुरुङले गरेका छन भने संगीत संयोजन आशिष अविरल गरेका छन् ।