Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

सन्तोष यादवले भारतको इलाहावादमा पाए विशिष्ट सम्मान


काठमाडौ । अपाङ्गताको क्षेत्रमा विशिष्ट काम गरे वापत सर्लाही जिल्ला स्थाई घर भै विगत १० वर्ष देखि समाजसेवा मानव सेवा अपाङ्गता भएका वालवालिकालाई शिक्षा स्वास्थ्य पुनस्र्थापना वृद्ध वृद्धालाई सेवा पिछडीएका अपाङ्ग दलित महिला, मधेशी, शहरमा भएका गरिवलाई सिपमूलक तालिम दिई स्वरोजगार बनाउँदै काठमाण्डौ तिलगंगा –९, स्थित “अपाङ्ग, अनाथ बाल सचेतना नेपाल” नामक गैरसरकारी संस्थाका संस्थापक अध्यक्ष सन्तोष यादवले भारतको इलाहावादमा विशेष समारोह विच अपाङ्गता स्वाभिमान अर्थात विकलाङ्ग जनस्वाभिमान सम्मान समारोह २०१८ घोषित गरियो ।
                          सो सम्मान कार्यक्रममा भारतिय सांसदहरु उच्च सरकारी अधिकारी इलाहावाद जिल्लाका प्रमुख जिल्ला अधिकारी पत्रकार, विभिन्न देशका समाजसेवी सामाजिक अगुवा राजनीतिक दलका वरिष्ठ नेता स्वराज विकलाङ्ग सेवा समिति इलाहावादका अध्यक्ष व्यारेलाल यादव, सचिव श्रीनारायण यादव लगायत विशिष्ट व्यक्तिबाट अध्यक्ष श्री सन्तोष यादव सम्मानित हुनु भएको छ ।

उहाँको जन्म २०३४ साल कार्तिक २२ गतेका दिन वुबा रामप्रित यादव आमा सकुन्तला देवी यादवको कोखबाट किसनपुर –५ सर्लाही जिल्लास्थित गरिव परिवारमा जन्मिनु भएका यादवको ३ वर्षको उमेरमा पोलियो रोगको कारण दुवै खुट्टा नचल्ने अवस्था भयो । त्यसपछि काठमाण्डौ जोरपाटी अपाङ्ग अस्पतालमा उपचार गरी केही ठिक भए पनि पूर्ण रुपमा ठिक नभएको कारण उहाँको जिवन दुःखमा नै वितिरहेको र उहाँले गलैंचा कारखानामा काम गर्दै अध्ययन गर्दै गर्दा जर्मनी दुतावासको कर्मचारी अनिता शेर्पाले बुद्ध एकेडेमी जोरपाटीमा नयाँ भर्ना गरिदिनु भयो । अध्ययन १० कक्षा सम्म गर्नुभएका यादवले सिलाई कटाईमा डिप्लोमा पास गर्नुभएको छ । त्यो भन्दा पनि माथि राज्यले गर्न नसकेको अपाङ्गता भएका त्यसमा पनि सुस्त मनस्थितिका १० जना वालवालिकालाई शिक्षा दिक्षा दिइँदै आउनु भएको छ । भने ३५ जना लाई वाल वालिका नियमित सरकारी विद्यालयमा अध्ययन गर्ने गरिवका छोराछोरीलाई नियमित छात्रवृति दिइरहनु भएको छ ।
                     
     उहाँले धनले मात्र होइन हृदयदेखि समाजसेवा गरेको कारण सो सम्मान प्राप्त गर्नु भएको हो । उहाँले पाएको सम्मान गरिव पिछडिएका अपाङ्ग क्षेत्रको मानिसले प्राप्त सम्मान हो । यसको मुख्य कारण उहाँले गर्नु भएको समाज सेवाको कारण हो । र उहाँले योे सम्मान गर्ने संस्था प्रति धेरै धेरै धन्यवाद ज्ञापन गर्नु भएको छ । र नेपालमा सहयोग दाता सहयोगी मनकारी सम्पूर्ण प्रति धन्यवाद व्यक्त गर्नु भएको छ । आजभोलि राम्रो कार्य गर्न खोज्दा खुट्टा काट्ने धेरै सहयोगको नाममा स्वार्थ पुर्ति गर्न आउने धेरै अपाङ्गलाई देखाएर सपाङ्गले आफ्नो पेट भर्ने जस्ता कार्यले उहाँ दुःखी हुनुहुन्छ ।
समाज परिवर्तन गर्नु छ भने आफैंबाट सुरु गर्न उहाँ सुझाव दिनुहुन्छ । उहाँ एक असल समाजसेवी, असल अभिभावक, असल नेतृत्वकर्ता हुनुहुन्छ र त्यहि कारणले आज “अपाङ्ग अनाथ वाल सचेतना नेपाल” अगाडी राम्ररी बढेको छ ।


Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget