प्रशान्त निरौला
लेटाङ ९ फाल्गुन । ६८ औ प्रजातन्त्र दिवशको अवशरमा लेटाङ नगरपालिकाले मैत्रिपुर्ण पूरुष तथा महिला फुटवल प्रतियोगिता आयोजना गरेको छ । लेटाङ नगरपालिका र उद्योग वाणिज्य संघ लेटाङ विच मंगलवार उक्त खेल खेलाईएको होे ।
प्याव्सुल लेटाङको मैदानमा खेलाईएको पहिलो पूरुष तर्फकोे खेलमा १—१को वरावरी गोल भएपछि थप १० मिनेटको समय थपिएको थियो । थप समयमा पनि गोल हुन नसकेपछि टाईवेकर खेलाईएको थियो ।
खेलमा उद्योग वाणिज्य संघको तर्फवाट युवराज तिम्सिनाले एक गोल गरेका थिए भने नगरपालिकाको तर्फवाट वडा नं. ३ का अध्यक्ष देवराज चाम्लिङले एक गोल गरि खेललाई वरावरी गरेका थिए । टाईवेकरमा नगरपालिकाले ४ गोल गर्याे भने उद्योग वाणिज्य संघले २ गोल गर्यो ।
त्यस्तै महिला समुहको खेलमा उद्योग वाणिज्य संघ लेटाङले महिला तर्फको खेलमा विजय हासिल गरेको छ । निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेललाई टाईवेकरमा लगिएको थियो । टाईवेकरमा उद्योग वाणिज्य संघले २ गोल गरेको थियो भने नगरपालिका गोल गर्न सकेन ।
विजेता तथा उपविजेता टिमलाई पुरस्कृत गर्ने कार्यक्रमलाई सम्वोधन गर्दै नगर प्रमुख शंकर राईले प्रजातन्त्रले नेपालीहरुलाई स्वतन्त्रता प्राप्त गरेको खुसिमा खेलको आयोजना गरेको वताए । खेल जीवनले मानिसलाई अनुशाषन सिकाउने मात्र नभई स्वास्थ्य जीवन ज्युनका लागि पनि खेल अत्यन्त आवश्वयक रहेको नगर प्रमुख राईको भनाई थियो ।
कार्यक्रममा महिलाहरुको विजेता तथा उपविजेतालाई पुरस्कृत गरिएको थियो भने पुरुष विजेता तथा उपविजेता टिमलाई एक कार्यक्रम गरी पुरस्कृत गरिने जानकारी दिईयो ।