Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

स्ववियूले म्याराथुन दौडको आयोजना गर्ने



पथरी÷ मोरङको पथरीस्थित पथरी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले पहिलो स्थापना दिवसको अवसर पारेर १५ किलो मिटरको म्याराथुन दौड प्रतियोगिता आयोजना गर्ने भएको छ ।
विद्यार्थी युनियनले बुधबार पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी गराएको हो । म्याराथुनमा झण्डै ३ सय जना सहभागी हुने छन् । आगामी फागुन २२ गते हुने म्याराथुन दौडमा प्रथम हुनेलाई १५ हजार , दोस्रोलाई १० हजार र तेस्रोलाई ५ हजार नगद सहित प्रमाण पत्र दिइने स्ववियू सभापति गोपालकुमार साम्वाले बताउनु भयो ।
प्रतियोगिता आयोजना गर्न १ लाख १० हजार रुपियाँ खर्च हुने अनुमान गरिएको छ । खुल्ला प्रतियोगितामा सहभागी हुनेलाई सहभागी शुल्क बापत २ सय रुपियाँ लिइने सभापति साम्वाको भनाइृ छ । क्याम्पस परिसरबाट सुरु हुने दौड पथरी बजारको पाँच परिक्रममा गरी समापन हुने छ । 

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget