काठमाडौं ।
तामाङ ल्होछार २८५४ औं तयारी भइरहेको छ । ह्याङ्ला दोलखा काठमाडौं तामाङ समाजको आयोजनामा यही माघ २७ गते शनिबार जातिय पहिचान झल्कने भेषभूषा, साँस्कृतिक, साङ्गीतिक कार्यक्रम सहित नवदुर्गा पाटीप्यालेस जोरपाटीमा सम्पन्न हुने गइरहेको अध्यक्ष सारोजमोहन लामाले जनाकारी गराए । ‘कार्यक्रमलाई हामी भव्य र सभ्यरुपमा सम्पन्न गर्ने तयारी गरिरहेका छौ’, उनले भने ।
‘यो विशेष पर्वमा हामीले आफ्ना संस्कृति अनुसार मनाउने तयारी गरिरहेका छौ’ समारोह समितीका संयोजकद्वय राजु लामा र सुरेश पाख्रीनले भने । ल्होछार कार्यक्रमा विविध झाँकिसहितको ¥याली, तामाङ मौलिक भेषभूषा, खानालगायतको प्रदर्शनी र चर्चित तामाङ कलाकारहरुको प्रस्तुति सहितको साङ्गीतिक कार्यक्रमको तयारी भएको संयोजक राजु लामाले जानकारी दिए । तामाङ समुदायभित्र रहेर विविध क्षेत्रमा उल्लेखनिय योगदान पु¥याउनु हुने व्यक्तित्वहरुलाई सम्मान कार्यक्रम समेत रहेको आयोजकपक्षले जानकारी गराएको छ ।