Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

“सुपर प्लस साइज मोडल २०१८” सिर्जना महत (फोटो फिचर)



काठमाडौँ नेपालमा भर्खरै मात्र सुरु भएको प्लस साइज मोडलिङको भबिष्य राम्रो हुदै गएको मोडल सिर्जना महतले बताएकी छिन l भर्खरै मात्र सम्पन्न भएको “सुपर प्लस साइज मोडल २०१८” मासेकेण्ड रनरअप र मिस चार्मिङको टाइटल जित्न सफल भएकी मोडल सिर्जना महत मेडिकल फिल्ड हुदै मोडलिङमा प्रवेश गरेकी नब मोडल हुन l  प्लस साइज मोडल भन्ने बित्तिकै मोटो भद्दा शरीरभएका युवा युवतीलाई सोच्ने तरिका बिस्तारै परिबर्तन भएको कुरा मोडल महत बताउछिन l 

 काठमाडौँको स्थायी बासिन्दा सिर्जना महत पेशाले नर्स हुन भने अहिले शहिद मेमोरियल हस्पिटलमा (म्याट्रोननर्सिङ डाइरेक्टरको रुपमा कार्यरत छिन l  आफ्नो बच्चा उमेर देखिको रहर इच्छा पुरागर्न तथा नेपाली समुदायमा मोडलिङ क्षेत्र प्रतिको सोचलाई परिबर्तन गर्दै प्लस साइज मोडलहरुको लागि एउटा मार्गदर्शन बन्ने उदेश्यका साथ यो क्षेत्रमा प्रवेश गरेकी मोडल महत मोटोपनलाई हेल्दीबडीका रूपमा बुज्नु पर्ने बताउछिन l मोटोपन भद्दा नभई शारीरिक सौन्दर्यको अर्को रुप भएको उनको भनाइ   मोटोपनसँगै पनि हरेक मानिस फिट एवं स्वस्थ रहन सकिन्छ भन्ने उनको बुझाइ   
सुपर प्लस साइज नेपाल २०१८ को सेकेण्ड रनर अपको उपाधि जितेसँगै आफ्नो प्लस साइज सुन्दरताप्रति अझ बढी गौरव महसुस भएको बताउने सिर्जना  मोटोपन कमजोरी नभएर यो सौन्दर्यकैअर्को पाटो भएको दाबी गर्छिन्  शरीर मोटो हुँदैमा कसैको आत्मविश्वासप्रतिभा  बौद्धिक क्षमतालाई कम आँकलन गर्नु गलत हो भन्छिन् मोडल सिर्जना महत  

आफूमा विश्वास   दृढ निश्चयका साथ आफ्नो उद्देश्यमा निरन्तर लाग्न सकियो भने संसारको कुनै पनि तागतले कसैलाई रोक्नछेक्न सक्दैन भनेर आफु जस्तै प्लस साइज भएर अरुलाई प्रेरणाबाड्न चाहने उनि  नेपालमा प्लस साइज मोडलिङको बारे सबैमा ज्ञान नभएको पाइन्छ  मोडल भन्ने बितिकै चिटिक्क जिउडाल भएको सुन्दरीको अर्थमा बुझ्ने गरिन्छ  अझ मोटी केटीहरुलेआफुलाई व्यवसायिक मोडलको रुपमा स्थापित गर्न सक्छन् भन्ने बारे चाहिँ निकै कम नेपालिहरुलाई मात्र थाहा भएको विषय हो  तर विश्वमा यो ट्रेण्ड फेशनको बजारमा राम्रो स्थान पाउनथालिसकेको   ठुला तथा ब्रान्डेड कम्पनीहरुले पनि प्लस साइज मोडललाई आफनो व्यापार प्रचार प्रसार  प्रबर्धनमा प्रयोग गरेको पाइन्छ  चलचित्रम्युजिक भिडियोमा समेत प्रसस्तै देख्नसकिन्छ। त्यस कारण पनि आजकल नेपालमा समेत प्लस साइजका युवा युवतीहरु मोडलिङ क्षेत्रमा आकर्षित हुदै गएको पाइन्छ l

सिर्जना भन्छिन अहिले विश्व मानचित्रमा सुन्दरताको परिभाषा समय अनुरूप परिवर्तन हुँदै गएको पाइन्छ  कुनै समय नेपाल लगायत विश्व बजारमा स्लिम साइज फिगरलाई फेसन  मोडलिङकोप्रमुख आवश्यकता मानिन्थ्यो भने विगत केही वर्षयता जिरो साइज फिगरलाई माल्न्युट्रिसन अर्थात् पौष्टिक आहारको कमी सहितको शरीरसित तुलना गर्न थालिएको   अब फिट  हेल्दी शारीरिकसौन्दर्यले प्राथमिकता पाउँदै गएको   भनिन्छब्युटी कम्स इन अल शेप्स एन्ड साइजेज अर्थात् सुन्दरता विभिन्न आकारप्रकारमा आउँछ  यही अवधारणासँगै बितेका कैयौं वर्ष मोटोपनलाई भद्दामान्ने समाजमा अब यसलाई प्लस साइज ब्युटीको संज्ञा दिंदै सम्मानगर्नथालिएकोछ अब स्लिम अर फ्याटह्वाट म्याटर्स इज फिट एन्ड हेल्दी बडी भन्ने अवधारणा अघि बढ्न थालेको   
सपिङ तथा फोटोग्राफी मन पराउने उनि नया नया ठाउँ भ्रमण गर्न रुचि राख्छिन l चलचित्रम्युजिक भिडियो खेल्ने तथा सिने क्षेत्रमा प्रवेश गर्ने तत्काल कुनै योजना नभएको बताउने उनि फोटोसुटगर्न भने मन पर्ने बताउछिन l  सधै हासेर बोल्ने मिठो मुस्कानसुन्दर मुहार  बौद्दिक क्षमता भएकी प्रतिभावान मोडल सिर्जना महत आफ्नो मोडलिङलाइ समाजसेवा मार्फत समाजमा सकारात्मकसोचहरु फैलाउन चाहन्छिन l 

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget