काठमान्डौ ,१८ मंसिर । ब्राजिलका महान फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । तीनपल्ट फिफा विश्वकपको उपाधि जितेका पेले आन्द्राको क्यान्सरबाट पीडित थिए । पेलेको शरीरमा किमोथेरापीले काम गर्न छाडेपछि उनको अवस्था गम्भीर बनेको हो ।
ब्राजिलका सञ्चार माध्यमले जनाएकअनुसार ८२ वर्षीय पेले गत साता अस्पताल भर्ना भएका थिए । उनलाई अस्पतालको ‘एन्ड अफ लाईफ पेल्लियाटिभ केयर वार्ड’मा राखिएको छ । विश्वभरका समर्थकलगायत पूर्व क्लब सान्तोष, ब्राजिलका पूर्व स्ट्राइकर रिभाल्डो र फ्रान्सेली सुपरस्टार केलियन एम्बाप्पेले पेलेको स्वास्थ्यलाभको कामना गर्दै ट्वीट गरेका छन् ।शरीर सुन्निने र मुटुले काम गर्न छाडेपछि पेलेलाई गत मंगलबार साओ पाउलोस्थित अल्वर्ट आइन्स्टाइन अस्पताल भर्ना गरिएको थियो ।
उनले ब्राजिल टिमबाट सन् १९५८, १०६२ र १९७० को विश्वकप उपाधि उचालेका थिए । उनले ब्राजिलियन क्लब सान्तोषका लागि ६५९ खेलमा ६४३ गोल गरेका छन् भने राष्ट्रिय टिमका लागि ९२ खेलमा ७७ गोल गरेका छन् ।
पेलेको स्वास्थ्य अवस्था गम्भीर
