विराटनगर १७ पुस । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले तीनै तहको सरकारको सहकार्य र समन्वयले मात्रै संघीयता बलियो हुने बताउनु भएको छ ।
उहाँले संघीयता बलियो नभएसम्म मुलुकको विकाससमेत नहुने बताउनुभयो । इस्वी सम्वत् २०२३ को अवसरमा महानगररवासीसहित स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिंदै मेयर कोइरालाले तीनै तहको सरकार बीच सहकार्य र समन्वय आवश्यक रहेको उल्लेख गर्नु भएको छ । उहाँले अब संकीर्ण र साँघुरो मानसिकता बोकेर देशको विकास नहुने दाबी गर्नु भएको छ । मेयर कोइरालाले शुभकामना सन्देश दिंदै स्थानीय तहलाई थप अधिकार सम्पन्न र स्रोतसाधनयुक्त बनाउनुपर्नेमा जोड दिनु भएको छ । स्थानीय तहको विकासले मात्रै समग्र मुलुकको विकास हुने मेयर कोइरालाले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ । साथै मेयर कोइरालाले टोपी र राष्ट्रिय पोशाक दिवसको समेत शुभकामना दिनु भएको छ ।

तपाईको प्रतिक्रिया