लेटाङ , २ माघ । लेटाङ नगरपालिका वडा नं. ४ कि दलित महिला वडा सदस्य मुना बिश्वकर्माको आज निधन भएको छ ।
४१ बर्षिय बिश्वकर्माको ब्रेन टिबिका कारण निधन भएको पारिबारिक श्रोतले जानकारी दिएको छ । बिश्वकर्मा स्थानिय तह निर्वाचनको बेला देखिनै सामन्य बिरामी देखिएको र १ महिना अघि देखि उहाँको स्वास्थ अवस्था गम्भीर बन्दै गएको थियो ।
बिराटनगर स्थित नोबेल अस्पतालमा उपचाररत बिश्वकर्माको उपचार संभव नभएपछी आजै घर फर्काईएको थियो । आज दिउँसो घरैमा उहाँको निधन भएको हो ।