डम्बर बहादुर विश्वकर्मा

लेटाङ्ग , २० माघ। मोरङ्गको लेटाङ्ग नगरपालिकाले आफ्नो नगरसभाको पुर्व सन्ध्यामा आबधिक योजनाका बिसयमा अन्तरक्रिया कार्यक्रम बिहिबार सम्पन्न गरेको छ ।

प्रतिनिधि सभा सदस्य डिगबहादुर लिम्बूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगरका महत्वका योजनाहरुका बिसयमा गम्भीर छलफल भएको थियो ।

उक्त अन्तरक्रिया कार्यक्रम नगरपालिकाले आर्थिक वर्ष०७९/८० को वार्षिक कार्यक्रम कार्यन्वयन साथै आवधिक योजना निर्माण सम्बन्धमा विभिन्न राजनितीक दल , बुद्धिजीवी एवं संघसंस्थाका प्रतिनिधि सँगको राय बुझ्न तथा सुझाव लिनका लागि आयोजना गरिएको हो । कार्यक्रम नगरपालिकाको आयोजनामा भएको थियो ।

नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा पुर्व सांसद,विभिन्न राजनिती दलका प्रतिनिधि , लेटाङ्ग नगर भित्र स्थापित संघसंस्थाका प्रतिनिधि,पत्रकार, बुद्धिजीवी एवं प्रतिनिधि सभाका उपस्थिति रहेको थियो ।

कार्यक्रमको सुरुमा नगरप्रमुख भुपेन्द्र लावती द्वारा लेटाङ्ग बजार उत्तरमा अवस्थित टुक्रे राष्ट्रिय वन ब्यबस्थापनका लागि बनाईयोको योजनाको अवधारणा प्रस्तुत गरिएको थियो । अवधारणा पत्र प्रस्तुत गर्दै नगर प्रमुख लावतीले यदि यो परियोजना निर्माण गर्न सके भविष्यमा लेटाङ्ग नगरपालिकाले मासिक दुई लाख सम्मको आम्दानी गर्न सक्ने वताउनु भयो ।

त्यस पश्चात लगत्तै कार्क्रममा नगरका सुचना अधिकारी एवं योजना शाखा प्रमुख भुपेन्द्र खनालले नगरको आवधिक योजनाहरुको अनुमानित प्रगति विवरण एवम विगत देखि हाल सम्म नगर भित्रका सम्पन्न भैसकेका साथै सम्पन्न हुने क्रमका आयोजना बारेका विवरण प्रस्तुत गर्नुभएको थियो ।

विवरण प्रस्तुति लगतै कार्यक्रममा उक्त विरणमाथि वृहत अन्तरक्रिया शुरु गरिएको थियो । नगरको सर्वाङ्गिण विकासलाई ध्यानमा राखी तयार पारिएको उक्त विवरण माथि आधारित रहि डेढ दर्जन बढि व्यक्तित्वहरुले आफ्नो विचार एवं सुझाव राख्नुभएको थियो । दुई घण्टा समय छुट्याई सञ्चालन गरिएको उक्त अन्तरक्रिया झण्डै पाँच घण्टा सम्म चलेको थियो ।

अन्तरक्रियामा विचार एवं सुझाव राख्ने अधिकांश वक्ताहरुले मनोरञ्जन पार्कको अवधारणा अति प्रसंशनिय रहेको भएता पनि कार्यन्वयनमा विवध चुनौति रहेको सुझाव दिएका थिए । यसैगरी वक्ताहरुले विचार राख्ने क्रममा वहुचर्चित तमोर चिसाङ्ग डाईभर्सन , स्थानिय पर्यटकीय स्थल राजारानी मन्दिर परिसरमा निर्माण गर्न लागिएको अनतरधार्मिक पर्यटकिय स्थल , निर्माणाधिन योजनाका प्रगति , आवधिक बजेट कार्यनयन सम्बन्धिका सम्भावना र चुनौती , नदि उत्खनन र तटवन्ध , मदन भण्डारी मार्गद्वारा सिर्जीत समस्या लगायतमा आफ्नो विचार र जिज्ञासा राख्नुभएको थियो ।

कार्यक्रमको अन्त्यमा अन्तरक्रियामा उठेका जिज्ञासाहरुलाई पुर्व नगर प्रमुख शंकर राई , वर्तमान संघिय सभासद माननिय डिक बहादुर लिम्बू , निवर्तमान सभासद घनश्याम खतिवडा एवं नगर प्रमुख लावतीले प्रष्ट पार्ने प्रयास गर्नुभएको थियो ।

यसैगरी मोरङ्ग जिल्लाका १७ पालिका मध्ये पहिलो पल्ट लेटाङ्ग नगरपालिकामा स्थापना गरिएको कृषि प्रयोगशालाको समेत सोहि अवसरमा उद्घाटन गरिएको छ ।

नगरपालिका भवन भित्रै स्थापना गरिएको उक्त प्रयोगशालाको मोरङ्ग क्षेत्र नम्बर एकका संघिय सभासद माननिय डिग बहादुर लिम्बुले रिवन काटेर उद्घाटन गर्नुएको छ ।

प्रयोगशालामा माटो परिक्षण गर्दा साधरण परिक्षणको ५० रुपैंया लाग्नेछ भने उच्च स्तरिय परिक्षण गर्नु परेमा एक हजार रुपैंया सम्म लाग्ने छ ।

यहि प्रकारको परिक्षण कृषि केन्द्र झुम्कामा गर्नु परे साधरण तर्फ एक सय रुपैंया र विशेष प्रकारको पाँच हजार रुपैयाँ सम्म लाग्ने जनाईएको छ ।

तपाईको प्रतिक्रिया