उर्लाबारी , १४ चैत । कोशी प्रदेशको पुनः नामांकनको माग गर्दै आन्दोलनरत संयुक्त संघर्ष समितिले उर्लाबारी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष चिन्तामणि पौडेलमाथि कुटपिट गरेका छन् ।
बन्द गराउँदै हिँडेका संघर्ष समितिका कार्यकर्ताहरूले वडाध्यक्ष पौडेललाई कार्यालयभित्रै कुटपिट गरेका हुन् ।

पौडेलले हामीसँगको फोन कुराकानीमा वडाध्यक्ष को हो भन्दै आफूमाथि हातपात भएको बताए । उनले भने,’म कार्यालयको अर्को ढोका बन्द गरेर निस्किरहेको थिएँ । एउटा हुल मानिस आएर वडाध्यक्ष को हो भनेँ । मैले म हुँ भन्दा सिधै अन्धाधुन्ध कुटपिट गरेँ ।’

उनका अनुसार पथरी शनिश्चरे नगरपालिका-२ का मनोज लिम्बू भन्ने व्यक्ति लगायतले आफूमाथि आक्रमण गरेको बताए ।

तपाईको प्रतिक्रिया