पथरी, १९ कार्तिक। प्रदेश निर्वाचन कार्यलय विराटनगर मोरङले मोरङका विभिन्न स्थानमा नमुना मदतान सुरु गरेको छ । सोहि अनुसार मोरङको पथरी सनिश्चरे स्थित पञ्चायत मतदान केन्द्रमा नमुना मतदान गरिएको छ ।
अभिभावक, कर्मचारी , राजनितीक दलका प्रतिनिधि लगयातको सहभागिता रहेको प्राचार्य अर्जुन कुमार बुढाथोकीले बताउनु भयो ।
मोरङका बिभिन्न स्थानमा प्रदेश निर्वाचन कार्यलय विराटनगरको तालिका अनुसार १७ देखि १९ गते सम्म मतदाता शिक्षा सुरु भएको छ । गतबर्षको निर्वाचनमा धेरै मत बदर भएकाले यो नमुना मतदान शिक्षा संचालन गर्नु परेको प्रदेश निर्वाचन कार्यलय विराटनगरका लेखापाल नारायण प्रसाद नेपालले बताउनु भयो ।
मंसिर ४ गते हुने प्रतिनिधी र प्रदेश सभाका लागि स्वयस सेवकलाई निर्वाचन शिक्षा सहितको नमुना मतदान सुरु भएको सालिग्राम काफ्ले मतदान अनुगमन अधिकृत सालिग्राम काफ्लेले बताउनु भयो ।नमुना मतदानले के कसरी गर्ने कतिवटा मत पत्रमा मतदान गर्ने हो भन्ने कुतुहल्ता मेटाएको नमुना मतदानमा सहभागि स्थानिय प्रदिप कुमार राईले बताउनु भयो । राईले यस्तो मतदान शिक्षा सबै नागरीक सम्म पुग्न जरुरी रहेको बताउनु भयो ।