लेटाङ, २२ कार्तिक । बाल विवाह अन्त्यका सचेतना मुलक कार्यक्रम गरिएको छ । फ्रेन्डस् व्हीथ राईस फाउन्डेसन, डा. मारोन ड्याम र रिचर्ड ड्यामको सहयोगमा मिलन युवा समुह लेटाङ ३ का गिरिस कार्की सहितकोको टिमले मोरङकै विकट क्षेत्र लेटाङ स्थित बारंगी पित्लुम्बाको लक्ष्मी मावि र सिमाना स्थित जोती आधारभुत विद्यालयका ७ कक्षा देखि १० कक्षामा अध्यय्नरत विद्यार्थीहरुका विचमा उक्त कार्यक्रम गरिएको हो ।
कार्यक्रममा विद्यार्थीहरुलाई अध्यय्न गर्न सहज होस भनि ८६ थान स्कुल ब्याग वितरण गरिएको छ । विपन्न तथा जेहेन्दार विद्यार्थीहलाई अध्यय्नमा सहज होस भन्ने उदेश्यले ब्याग वितरण गरिएकोे अभियान्ता गिरिस कार्की(जुलु)ले बताउनुभयो । बाल विबाहले पढ्ने उमेरका बालबालिकाको स्वास्थ्य , शिक्षा तथा सवार्ङगिण विकासमा ठुलो क्षति पुर्याईरहेको भन्दै बालविबाह अन्यका लागि कार्यक्रम गरिएको हो । बालविबाहले समाज समेत पछाडीने भएपछि जनचेतनाका लागि कार्यक्रम गर्न आबश्यक रहेको छ । सरकारले समेत बालविबाहका क्षेत्रमा काम गरेता पनि पर्याप्त नभईरहेको अभियान्ता कार्कीले बताउनुभयो । नगरपालिकाले समेत बालबालिकाको क्षेत्रमा काम गर्न पर्नेमा अभियान्ता कार्कीले जोड दिनुभयो ।
कार्यक्रममा लेटाङ नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष खगेन्द्र लिम्बु, राजनीतिककर्मी गौतम लिम्बु , शिक्षक ,बुद्धिजिबीहरुको उपस्थीती रहेको थियो ।