मोरङ, २६ कार्तिक । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई नेपाल)को प्रदेश समितिमा नयाँ नेतृत्व चयन भएको छ ।
आज झापाको दमकमा भएको प्रदेश नं. १ को एनसीईमा आवद्ध जिल्ला तथा संस्थाका प्रतिनिधीहरुले झापाका मोहन प्रसाद ओलीको संयोजकत्वमा ९ सदस्यीय समिति चयन गरेको हो । समितिको सहसंयोजकमा मोरङका विनोद भण्डारी,सचिवमा मोरङकै प्रशान्त निरौला,कोषाध्यक्षमा पुनम सुवेदी र सदस्यमा तेह्रथुमका दिनेश प्रसाद खनाल र झापाका टीका सुवेदी चयन हुनुभयो । समितिमा बाँकी रहेका ३ जनालाई संस्थाको विधान अनुसार समितिको अर्को बैठकले चयन गर्ने नबनिर्वाचित सचिव निरौलाले जानकारी दिनुभयो ।
फेसबुक
कार्यक्रम दमक नगरपालिकाका प्रमुख राम थापाको प्रमुख आतिथ्यतामा भएको थियो । एनसीई नेपालका राष्ट्रिय अध्यक्ष राजेन्द्र पहाडि , कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपानेको विशिष्ठ आतिथ्यतामा भएको थियो । उहाँहरुले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना बधाई ब्यक्त गर्नुभयो ।
नेपालमा शिक्षा र बालबालिकाको क्षेत्रमा क्रियाशिल गैरसरकारी संघ–संस्था, शिक्षक समुदाय तथा पत्रकारसहित ४६० वटा–संस्थाहरुको साझा सञ्जाल शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई नेपाल)ले हाल शिक्षालाई आमुल परिवर्तन गर्नका लागि पैरवी गरिरहेको छ । निशुल्क गुणस्तरीय शिक्षा संभव छ भन्ने नाराका साथ शैक्षिक स्तरको वृद्धिका लागि संस्थाले कदम चालिरहेको छ ।
अधिबेशनको पहिलो सत्रमा आगामी निर्वाचनमा सार्बजनिक शिक्षाका सवालका बिसयमा छलफल समेत गरिएको थियो । छलफलले प्रबिधीमैत्री शिक्षण , गुणस्तरीय ब्यबहारिक शिक्षा हुनुपर्नेमा जोड दिएको थियो ।
कार्यक्रम एनसिई झापा जिल्लाका अध्यक्ष अर्जुन कुमार पाठकको अध्यक्षतामा भएको थियो ।