शुभकामना 🔵

शुभकामना 🔵
हरेक वर्षको मार्ग शुक्ल पूर्णिमाका दिन मनाइने किँरातहरूको महान पर्व उधौली, लिम्बू समुदायको महान चाड चासोक तङनाम र नेवारहरूको महत्वपूर्ण पर्व यः मरि पुन्हिको सुखद अवसरमा क्षेत्र नं. १ सहित देश, विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

नेत्रहीन टी-२० विश्वकपमा नेपालको सहभागिता जनाउने

नेत्रहीन टी-२० विश्वकपमा नेपालको सहभागिता जनाउने
काठमाडौं १९ मंसिर । तेस्रो नेत्रहीन टी-२० क्रिकेट विश्वकपमा नेपालले सहभागिता जनाउने भएको छ । डिसेम्बर ५ देखि १८ तारिखसम्म हुने प्रतियोगिताका लागि १५ खेलाडीसहित २० सदस्यीय नेपाली टोली आइतबार भारत प्रस्थान गरेको छ । खेलहरू भारतको दिल्ली र बैगालुरुमा खेलाइनेछ । खिमानन्द गैरेको कप्तानीमा रहेको टोलीका अन्य खेलाडीमा सागर लामा, भरत चौलागाईं, राधेश्याम चौधरी, हेमबहादुर खत्री, टमबहादुर पाल, शान्तबहादुर पह...

बिराट एक्स्पोको तयारी पुरा

बिराट एक्स्पोको तयारी पुरा
विराटनगर,१९मंसिर । सातौं संस्करणको विराट एक्स्पोको तयारी पुरा भएको छ । मंसिर २९ देखि पुस ६ गतेसम्म विराटनगर महानगरपालिका–१४ स्थित डिग्री क्याम्पस (पुरानो हवाई फिल्ड) मा हुन लागेको एक्स्पोको तयारी पुरा भएको आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । उद्योग संगठन मोरङको आयोजनामा हप्तादिनसम्म संचालन हुने एक्स्पोमा ३ सय ६१ वटा स्टल रहने भएको छ । पेभिलियनका ४ वटा स्टल रहने भएको छ । यस्तै प्रयोजकको...

अन्तर्घात गर्नेको सूची केन्द्रमा पठाउन काँग्रेसको निर्देशन

अन्तर्घात गर्नेको सूची केन्द्रमा पठाउन काँग्रेसको निर्देशन
काठमाडौं १९ मंसिर । नेपाली कांग्रेसले यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीभित्र अन्तर्घात गरी असहयोग गर्नेको सूची केन्द्रमा पठाउन निर्देशन गरेको छ । पार्टीका उम्मेदवार र गठबन्धन दलका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गरेको रहेछ भने जिल्ला एवं प्रदेश अनुशासन समितिमा परेका उजुरीलाई विधिवत् निर्णय गरी केन्द्रीय अनुशासन समितिमा पठाउन आज निर्देशन जारी गरि...

गगन थापा शेखर कोईराला बिच प्रधानमन्त्रीमा सहमति

गगन थापा शेखर कोईराला बिच प्रधानमन्त्रीमा सहमति
काठमाडौं, १९ मंसिर । मंसिर ४ गते सम्पन्न भएको निर्वाचनको मतपरिणाम आइसकेको छ । मतपरिणाम सार्वजनिक भएसँगै दलहरु नयाँ सरकार गठनको लागि गृहकार्यमा जुटेका छन् । यो निर्वाचनपछि प्रमुख दल बनेको नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनको गृहकार्य थालेको छ । पार्टी सभापति शेरबहादुर देउवाले आफ्नै नेतृत्वमा सरकार गठन गर्नेगरि आफ्ना विश्वासपात्रहरुलाई सक्रिय बनाएका छन् । तर, निर्वाचनअघि नै आफूलाई प्रधान...

चिसोले मुगुका पहिरोपीडितको बिचल्ली

चिसोले मुगुका पहिरोपीडितको बिचल्ली
मुगु, १८ मंसिर । चिसो बढ्दै गएपछि मुगुको छायाँनाथ रारा नगरपालिका–११ का पहिरोपीडितको बिचल्ली भएको छ ।गत असोज तेस्रो साता यहाँ पहिरोले घर पुरिँदा स्थानीयको बिचल्ली भएको थियो । पीडित परिवार हाल त्रिपाल हालेर बस्दै आएका छन् । बाढीपहिरोबाट बिस्थापित छायाँनाथ रारा नगरपालिकाका चार गाउँका बासिन्दा गाउँ नजिकैको जङ्गलमा त्रिपाल हालेर बसेका छन् । ‘चिसो निकै बढ्यो, त्रिपालमुनि बास बस्न सकिने अवस्था छैन’, पी...

पेलेको स्वास्थ्य अवस्था गम्भीर

पेलेको स्वास्थ्य अवस्था गम्भीर
काठमान्डौ ,१८ मंसिर । ब्राजिलका महान फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । तीनपल्ट फिफा विश्वकपको उपाधि जितेका पेले आन्द्राको क्यान्सरबाट पीडित थिए । पेलेको शरीरमा किमोथेरापीले काम गर्न छाडेपछि उनको अवस्था गम्भीर बनेको हो । ब्राजिलका सञ्चार माध्यमले जनाएकअनुसार ८२ वर्षीय पेले गत साता अस्पताल भर्ना भएका थिए । उनलाई अस्पतालको ‘एन्ड अफ लाईफ पेल्लियाटिभ केयर वार्ड’मा राखिएको छ । विश्वभरका स...

सामाजिक सुरक्षामा तीस प्रतिशत आबद्ध

सामाजिक सुरक्षामा तीस प्रतिशत आबद्ध
काठमाडौँ, १८ मङ्सिर । नेपालमा कुल जनसङ्ख्याको ३० प्रतिशत कुनै न कुनै प्रकारको सामाजिक सुरक्षा कार्यक्रममा सहभागी भएका छन् । चौधौँ योजनाको अन्त्य (आव २०७५/७६)मा १७ प्रतिशत मात्रै जनसङ्ख्यालाई सामाजिक सुरक्षामा समेटिएको थियो । सामाजिक सुरक्षामा नेपालले हासिल गरेको उपलब्धि दक्षिण एसियाली मुलुकमै राम्रो हो तर यो सङ्ख्या सरकारी लक्ष्यको भन्दा कम हो । पन्ध्रौँ योजना (आव २०७६/७७–२०८०/८१)मा सामाज...

कांग्रेसकै नेतृत्वमा गठबन्धनको नयाँ सरकार बन्छ : नेता डा कोइराला

कांग्रेसकै नेतृत्वमा गठबन्धनको नयाँ सरकार बन्छ : नेता डा कोइराला
मोरङ, १५ मङ्सिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले वर्तमान गठबन्धन दलले नै कांग्रेसको नेतृत्वमा आगामी संयुक्त सरकार निर्माण गर्ने बताउनुभएको छ । विराटनगर–९ स्थित कोइराला निवासमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले नयाँ सरकारमा नेकपा माओवादी केन्द्र, नेकपा ९एकीकृत समाजवादी ०सहित थप अन्य दल सरकारमा सहभागी हुने दाबी गर्नुभयो । नेता डा कोइरालाले कांग्रेस संसदीय दलको नेताको सर्व...

मोरङ-१ मा काँग्रेसका डिगबहादुर लिम्बू विजयी

मोरङ-१ मा काँग्रेसका डिगबहादुर लिम्बू विजयी
लेटाङ, १० मंसिर । मोरङ क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका डिगबहादुर लिम्बू विजयी भएका छन् । अन्तिम मतपरिणम अनुसार ४ सय ३० को मतान्तरले लिम्बू विजयी भएका हुन् । काँग्रेसका लिम्बूले २७ हजार २ सय ९७ मत प्राप्त गरे । एमालेका घनश्याम खतिवडाले २६ हजार ८ सय ६७ मत ल्याएका छन् ।