राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना हुन यस्तो छ मापदण्ड

राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना हुन यस्तो छ मापदण्ड
काठमाडौँ, १० पुस। कुनै अध्ययन नै नगरेर योजना छनोट गर्ने र त्यसमा थोरै बजेट राख्दै समयमात्र व्यतित गर्ने प्रणालीको अन्त्यका लागि सरकारले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने मापदण्ड बनाएको छ । राष्ट्रिय योजना आयोगले निर्धारण गरेको ‘राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने मापदण्ड– २०७९’ तय गरेर कार्यान्वयनमा ल्याएको छ । मापदण्डअनुसार राष्ट्रिय प्राथमिकता प्राप्त विकास आयो...

गठबन्धन टुट्यो : रामचन्द्र पौडेल

गठबन्धन टुट्यो : रामचन्द्र पौडेल
काठमाडौं १० पुष। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आइतबार बालुवाटारमा बसेको बैठकपछि सत्तारुढ गठबन्धन टुटेको बताएका छन् । गठबन्धनमा सहमति हुन नसकेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘अब गठबन्धनको औचित्य सकियो’ भन्दै बैठक स्थल छाडेको जानकारी दिएका हुन् । ‘हामीले गठबन्धन जोगाउन सकेनौँ । अब हाम्रो हातमा केही रहेन,’ पौडेलले भने । पौडेलले यसअघि गठबन्धनलाई जोग...

प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति

प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति
  काठमाडौँ १० पुष । एमाले लगायतका दलले नयाँ सत्ता समिकरण गर्दै माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने सहमति गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतबार बसेको बैठकले दाहाललाई आधा कार्यकालका लागि प्रधानमन्त्रीको रुपमा अघि सारेको हो । साढे २ वर्षपछि एमालेले प्रधानमन्त्री लिनेछ ।   बैठकमा सहभागी माओवादी नेता वर्षमान पुनका अनुसार दाहाललाई...

सत्तागठबन्धन दलको बैठक पुनः बस्ने

सत्तागठबन्धन दलको बैठक पुनः बस्ने
काठमाडौँ, १० पुस । प्रधानमन्त्री निवास बालुवाटारमा बिहानदेखि सुरु भएको सत्तागठबन्धन दलका शीर्ष नेताहरुको बैठक सकिएको छ । बैठक केही बेरपछि पुनः बस्ने नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गठबन्धन मुलुकको अहिलेको आवश्यकता हो, गठबन्धन दलको बैठक केही समयमा पुनःसञ्चालन हुन्छ, हामी निर्णयमा पुग्छौँ ।” गठबन्धन जनताले न...

धान उत्पादनमा कमी

धान उत्पादनमा कमी
लमजुङ, १० पुस । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा यसवर्ष धान उत्पादन घटेको छ । गत वर्षको तुलनामा यसवर्ष धानखेती गरिएको क्षेत्रफलको आधारमा क्षेत्रफल घट्दा धान उत्पादनमा समेत कमी आएको हो । गत वर्ष १४ हजार २६० हेक्टर जमिनमा धान खेती गरिएकामा यसवर्ष १२ हजार एक सय २५ हेक्टर क्षेत्रफलमा गरिएको धानखेतीबाट ४० हजार ५० मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी तथा अर्थविज्ञ मद...

करण राई भए भ्वाइस अफ नेपाल

करण राई भए भ्वाइस अफ नेपाल
काठमान्डौ , ९ पुस । द भ्वाइस अफ नेपाल सिजन ४ को विजेता करण राई भएका छन् । उनले सबैभन्दा बढी भोट ल्याएर सिजन ४ को च्याम्पियन बनेका हुन् । उनी कोच राजु लामाको टिममा थिए । च्याम्पियन बनेका करण राई नेपालमै जन्मिएका भए पनि अहिले अमेरिकामा बस्दै आएका छन् । झापाकी सविना योङहाङलाई पछि पार्दै करण राई च्याम्पियन बनेका हुन् । आज राति अबेर सम्पन्न ग्राण्ड फिनालेमा सविनालाई पछि पार्दै करणलाई विजेताको रुपमा...

तलब नपाएपछि कोसी अस्पतालका कर्मचारी आन्दाेलित

तलब नपाएपछि कोसी अस्पतालका कर्मचारी आन्दाेलित
मोरङ ४ पुस। विराटनगरस्थित कोसी अस्पतालमा कार्यरत करार सेवाका चिकित्सक तथा कर्मचारी पारिश्रमिक नपाएपछि आन्दोलनमा उत्रिएका छन्। अस्पताल विकास समितिबाट करारमा नियुक्त भएका १२५ जना करार कर्मचारीले समयमा पारिश्रमिक नपाएको जनाउँदै अस्पताल प्रशासन परिसरमा एक घण्टा धर्ना दिएका छन्। आन्दोलनमा उत्रिएकामध्ये चिकित्सक डा रोशन खड्काले पछिल्लो दुई महिनादेखि अस्पतालले तलब उपलब्ध नगराएको हुँदा बाध्य भएर आन्दोलन...

नम्बर प्रदेश प्रहरी कार्यालयमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

नम्बर प्रदेश प्रहरी कार्यालयमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर
विराटनगर, ४ पुष । विराटनगर महानगरपालिका–१६ रानीस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयमा आइतबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । नेपाल प्रहरी श्रीमती संघ र विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको सहकार्यमा एकदिने शिविर सञ्चालन गरिएको हो । प्रहरी कार्यालयको हाताभित्र सञ्चालित शिविरमा नोबेल अस्पतालका नाक, कान, घाँटी, आँखा, दाँत, छाला तथा यौन रोग, हाडजोर्नी तथा नशा, जनरल मेडिसिन, स्त्री रोग र...

भारू साट्दा नक्कली नोट दिने पक्राउ

भारू साट्दा नक्कली नोट दिने पक्राउ
विराटनगर, २४ मंसिर। दुई लाख रुपैयाँको भारु साट्दा नक्कली भारतीय रूपैयाँ दिने एक जना जग्गा कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ । विरानगर महानगरपालिका २ फुटबल चौकका ४० वर्षीय महेश भन्ने महेन्द्र मेहतालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका मेहता जग्गा कारोवारी हुन् । उनले कटहरी गाउँपालिका ४ का महादेव पासवानलाई नक्कली भारु पैसाँ दिएर ठगी गरेको आरोप लागेका छ । ठगीमा पर्ने पासवान लामो समयदेखि खुट...

शुभकामना 🔵

शुभकामना 🔵
हरेक वर्षको मार्ग शुक्ल पूर्णिमाका दिन मनाइने किँरातहरूको महान पर्व उधौली, लिम्बू समुदायको महान चाड चासोक तङनाम र नेवारहरूको महत्वपूर्ण पर्व यः मरि पुन्हिको सुखद अवसरमा क्षेत्र नं. १ सहित देश, विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।