मोरङका १६९ वडामा मतदाता शिक्षा कार्यक्रम
मोरङ, १७ कात्तिक । आसन्न प्रतिननिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बदर मत न्यूनीकरण गर्न प्रदेश नं १ निर्वाचन कार्यालय विराटनगरले मतदाता शिक्षा अभियानलाई आजदेखि मोरङमा सुरु गरेको छ ।
निर्वाचन आयोग नेपालको मतदाता शिक्षा कार्यक्रम अभियानअन्तर्गत जिल्लाका १६ पालिकामा नमूना मतदान कार्यक्रम र १७ पालिकामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको कार्यालयका प्रमुख लेवनकश्यप अधिकारीले जानकारी दिनुभयो । विरा...